विराटनगरको बजेट कटौति भए प्रतिवादः गच्छदार

विराटनगरको बजेट कटौति भए प्रतिवादः गच्छदार

टेलिभिजन पत्रकार समुहले बिराटनगरमा शनिवार मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारसँग पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ  । कार्यक्रममा गच्छदारले देशको वर्तमान राजनितिक स्थितिका बारेमा बोलेका थिए । उनले तिन प्रमुख दलको सहमतिमा मात्र राष्ट्रिय सहमति निर्माण हुन नसक्ने भन्दै राष्ट्रिय सहमतिमा साना दललाई पनि समेटिनु पर्ने बताए । कार्यक्रममा गच्छदारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उठाएका १५ बुँदे मागहरु सरकारले पुरा नगरे मधेश पुनः एक पटक आन्दोलनको चपेटामा पर्ने सम्भावना प्रबल रहेको बताए । पत्रकार आक्रमण काण्डका बारेमा सोधिएको प्रश्नमा गच्छदारले उक्त घटना लाजमर्दो भएको र अहिले सरकार आँफै बोक्सी र आँफै झाक्रिको भुमिकामा अभिनय गरिरहेको बताए । आक्रमणको महिना दिन पुग्न लाग्दा पनि अपराधी समात्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको टिप्पणी उनले गरे । आउदो बजेटमा विराटनगरको रिङरोड, ल्याण्डफिल्ड साइड, विमानस्थल लगायतको परियोजनाको लागि रकम कटौति गरे आफुहरु प्रतिवादमा उत्रिने भन्दै उनले सरकारलाई चेतावनी समेत दिए । विराटनगरको रत्ना होटलमा भएको कार्यक्रम टेलिभिजन पत्रकार समुहका अध्यक्ष मोहन मानन्धरको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्