साधारणसभामा तेश्रो लिंगीहरुको जमघट

साधारणसभामा तेश्रो लिंगीहरुको जमघट

बिराटनगर , असार १८ । सरकारले अल्प संख्यक तथा समलिङ्गीहरुलाइ अझैपनि तिरस्कार गरेको बिराटनगरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन । परिवर्तनशिल समाज बिराटनगरको तेश्रो साधारणसभामा सहभागि निलहीरा समाजका केन्द्रीय उपाध्यक्ष सञ्जय शर्माले अझैपनि सरकार अल्पसंख्यक तथा लैङ्गिकका सवालमा उदाशिन रहेको आरोप लगाउनु भयो । उहाँले अन्य ब्यक्ति सो सरह नागरिकता लगायत अधिकारका कुराहरुमा तेश्रोलिङ्गीलाइ सरकारले समेटीदिनु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बा , जिल्ला बिकास समिति मोरङका छत्र बजगाँइ , प्लान नेपालकी रुपा उदाश लगायतले बोल्नु भएको थियो । परिवर्तनशिल समाजकी प्रतिनिधि मुस्कान श्रेष्ठले मोरंगमा मात्र सात हजार यौनिक अल्प संख्यकहरु रहेको बताइन | कार्यक्रममा मोरंगका विभिन्न क्षेत्रका समलिंगी तथा तेश्रो लिंगीहरुको बाक्लो सहभागिता रहेको थियो | उनीहरुले कार्यक्रममा मनोरन्जनात्मक  नृत्य समेत प्रस्तुत गरेका थिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्