बिराटनगरमा आजै तिन सस्थाद्वारा रक्तदान

<span class='c1'>बिराटनगरमा आजै तिन</span> <span class='c2'>सस्थाद्वारा रक्तदान</span>

बिराटनगर , असार १८ । आज बिराटनगरमा तिन छुट्टा छुटै सस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका छन् | संयूक्त टोल नगर समिति बिराटनगरले आज बिराटनगर १७ मा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । एक टोल संगठन एक रक्तदान अभियान अन्तरगत गरिएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा संयुक्त नगर समन्वय समितिका संयोजक केदार कार्की , संयुक्त टोल संगठनका अध्यक्ष मोहन भट्टराइ लगायतले रक्तदान गरेका थिए । यसैबीच मेडिकल ल्याबोरेटरी एसोशिएसन अफ नेपाल मेलान बिराटनगरले पनि आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए । यस्तै लायन्स क्लब अफ बिराटनगर सेन्ट्रल मेघाले पनि आजै रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रमा २५ जनाले रक्तदान गरेका थिए । केहि महिना यता बिराटनगर रगत बैंक मा रगतको कमि देखिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्