पत्रकार आक्रमण गर्नेलाई थुनामा राखी कार्वाही माग

पत्रकार आक्रमण गर्नेलाई थुनामा राखी कार्वाही माग

विराटनगर १९ असार । पत्रकार खिलानाथ ढकालमाथि संघातिक आक्रमण गरने मध्येका दुइ आरोपी लाइ थुनामा राखेर कार्वाहि चलाउन कानुन ब्यबसाइहरुले माग गरेका छन । पक्राउ परेका आरापी मध्येका दुइ अभियुक्त्त रोहित कोइराला र मनोज र्सिह राइलाइ प्रहरिले अदालतमा बुझाएपछि आइतवार देखि शुरु भएको बहसमा पिडीतको तर्फ बाट बहस गर्ने कानुन ब्यबसाइहरुले   अपहरण तथा ज्यानमुद्दाको  अभियोग लागेको र उक्त्त कुरा प्रमाणहरुबाट पुष्टि भएकाले  अभियुक्त्तहरुलाई थुनामा राखेर कानुनी कार्वाही चलाउन उनीहरुले माग गरेका हुन । आईतवार  मोरङ जिल्ला अदालतको १ नं ईजलासमा भएको थुनछेक वहसमा पक्राउ गरिएका अभियुक्त्तहरु रोहित कोईराला र मनोज राईले पत्रकार ढकालमाथि गरेको आक्रमण नियोजित र संघातिक मात्र नभएर सुचनाको अधिकारलाई कुण्ठित पार्ने समेतको कार्य भएकोले उनीहरुलाई थुनामा राखी कानुनी कार्वाही चलाउन माग गरिएको कानुन ब्यबसाइहरुले बताए  । सरकारको तर्फवाट वादी तर्फ वहस गर्ने न्यायधिवक्त्ता तथा कानुन व्यावासायिहरुले जनतालाई सुसुचित गराउने पेशा गरकै कारण परिपक्व योजना वनाएर ज्यानलिने मनयासयले भुक्याएर अपहरण समेत
गरि कार्यसम्पन्न गरेकोले अभियुक्त्तहरुलाई कुनैपनि हालतमा उन्मुक्त्ति दिन नहुने सम्मानित अदालत समक्ष माग गर्नुभएको थियो । उहाँहरुले पिडितको तथ्य र अभियुक्त्तहरुको वयान मेल खाएकोले घटना समाचार लेखैकै कारण भएकोमा जोड दिनुभएको छ । घटना भएको दिन अभियुक्त्तहरु वीच पटक पटक फोन हुनु  , घरमा गएको पत्रकारलाई वोलाएर झुक्याएर अज्ञात अँध्यारो स्थलतर्फ लगेर आक्रमण गर्नु , रगत्पछे अवस्थामा प्रहरीले उद्धार गरेर अस्पताल उपचारकालागि लानु , एउटा मात्र अस्पतालमा उपचार हुन नसकेपछि तीन तीन वटा अस्पतालमा उपचार गराउन लान वाध्य हुनु , सरकारले आक्रमणको विषयमा मुख्य अभियुक्त्त वस्नेतलाई पक्राउ
गर्न टास्क फोर्स वनाउनु र पिडित पत्रकारलाई क्षतिपुर्ति दिनु तथा घाईते पत्रकारको घाउजाँचले पनि आक्रमण गम्भिर प्रकृतीको थियो भन्ने प्रमाणित गर्नुले पनि घटना नियोजीत ज्यानमार्ने उद्देश्यले नै भएको हो भन्ने दावी उहाहरुको  थियो । उहाँहरुले पिडितको वयान नै मुद्दामा प्रमाण हुने भएकोले गम्भिर हुन अदालतलाई आग्रह समेत गर्नुभएको थियो । अभियुक्त्तहरुका आमा र श्रीमतीले दिएको वयानले पनि घटना भएको पृष्टि भएको र अन्य साक्षीहरुको वयानमा पनि घटना समाचार लेखेकै कारणले नियोजित पुर्वक भएको पृष्टि गरेको कानुन व्यावासायि र न्यायधिवक्त्ताहरुको दावी रहेको छ । पिडित पत्रकार तत्काल अस्पतालमा उपचार गराउन सम्भव भएकोले मात्र वाँच्न सफल भएको तर उद्धार नभएको भएर अत्यधिक रक्त्तस्राव भै वा पानीमा डुवेर वा अन्य कारणले उनको मृ त्यु हुन सक्ने संभावना रहेकोले , घटना मुख्य अभियुक्त्त पर्शुराम वस्नेतकै निर्दैशनमा ज्यानलिने उद्देश्यले नै भएको  बहसमा संलग्न कानुन व्यावासायिहरुको तर्क रहेको छ । मोरङ वारका अध्यक्ष देवेन्द्र कोईरालाले घटनाको सुत्रपात जेठ १८ गते न्यायलयमाथि भएको घटनासँग पनि जोडिएकोले स्वतन्त्र प्रेस र न्यायलयको सम्वन्धलाई पनि विचार पुरयाउन आग्रह गर्दै अभियुक्त्तहरुलाई उन्मुक्त्ति दिईएमा समाजमा झन अपराधले प्रश्चय पाउनेमा  जो्ड दिनुभयो ।  अभिवक्त्ता कोईरालाले भन्नुभयो ज्यानलिन छातीमा गोली नै हान्नुपर्छ भन्ने हैन वन्दुक पडकाए मात्र पनि पर्याप्त हुन्छ ।बहसमा संलग्न कानुन व्यावासायिहरुले घटनालाई एउटा घटनाका रुपमा मात्र नभै समाचर लेखेकै कारणले भएकोले प्रेस स्वतन्त्रता विरोधी घटनाका रुपमा हेर्न अदालत समक्ष माग गरेका थिए । पुर्व महान्यायधिवक्त्ता सर्वज्ञरत्न तुलाधरले अपराध कार्यमा संलग्नहरुलाई पक्राउ गरेर दण्ड दिन नसक्दा
अपराधको पुनरावृत्ति भैरहकोले नागरिकको जीउधनको सुरक्षा र पत्रकारलाई भयरहित समाचार लेख्ने वतावरण वनाउन सहयोग पुरयाउने दायित्व स्वन्त्र न्यायपालीकाको पनि भएकोमा  जोड दिनुभएको थियो । पत्रकार जनतालाई गाउ गाउ सम्म सुसुचित गराउने वाहक भएकाले  घटनालाई मौलिक हकको हननका रुपमा पनि हेरिनुपर्नेमा जोड उहाको जोड थियो । त्यसैगरि नेपाल वारका महासचिव विजय मिश्रले प्रस्तुत घटना राज्य व्यावस्थामै असर पार्ने किसिमको भएकोले शान्ति सुव्यावस्था कायम गर्न र नागरिकको सुरक्षित वाँच्न पाउने अधिकारकालागि थुनामा राखेर कार्वाही चलाउन माग गर्नुभयो । यसैगरि अधिवक्त्ता हेमराज पन्तले पनि घटना अदालतमाथि भएको आक्रमण वाट अलग
गरेर हेर्न नहुनेमा जोड दिँदै  घटनालाई स्वतन्त्रतापुर्वक पेशाको धर्म निभाउँदा अपराधिक तत्काले योजना वनाएर गरेको आक्रमण हो भन्नुभयो ।

जाहेरवाला नेपाल पत्रकार महासंघ मोरङ शाखाको तर्फवाट पुर्व  नेपाल सरकारको तर्फवाट जिल्ला न्यायधिवक्त्ता राज कुमार कोईराला , सहन्यायधिवक्त्ता पुण्य पाठक सहित पुर्व  महान्यायधिवक्त्ता सर्वज्ञरत्न तुलाधर , नेपाल वार एसोसिएनका महासचिव विजय मिश्र , अधिवक्त्त दिनमणी पोख्रेल र केशव भट्टराई तथा वार एसोसिएनका अध्यक्ष देवेन्द्र कोईराला लगायत १८ जना कानुन व्यावासायिहरुले अभियुक्त्तहरुलाई थुनामा राखेर कानुनी कार्वाही चलाउनु पर्ने माग गर्नुभएको हो । त्यस्तै आईतवार पत्रकारको तर्फवाट अधिवक्त्ताहरु प्रकाशनाथ उप्रेती , दिनमणी पोख्रेल , विश्वराज पाण्डे , हेमराज पन्त  , विनयहरि दहाल , अचल राम माझि , भरत थापा , देवेन्द्र कोईराला , पकम राई , विनयराज पाण्डे र प्रकाशवावु पन्तले वहस गर्नुभएको थियो ।  पत्रकारको पक्षमा छिमेकी जिल्ला सुनसरीका कानुन व्यावासायिहरुले पनि वहस गर्ने जनाएका छन । जेठ १८ गते दिउँसो पेशीकालागि अदालतमा   ल्याईएका ज्यानमुद्दाका वन्दि अभिषेक गिरीमाथि अदालत परिसरमै संघातिक आक्रमण भएपछि पत्रकार ढकालले निरन्तर सो विषयमा समाचार सम्प्रेषण गरेका थिए । जेठ २२ गते राती सोही विषयलाई लिएर उनीमाथि संघातिक आकम्रण भएपछि नेपाल पत्रकार महासंघ मोरङले नेकपा एमाले सम्वद्ध युवा संघका मोरङ उपाध्यक्ष पर्शुराम वस्नेत तात्कालिन नगर ईन्र्चाज रोहित कोईराला र पुर्व कार्यकर्ता मनोज राई माथि अपहरण तथा ज्यानमार्ने उधोग अन्र्तगत प्रहरीमा किटानी जाहेरी दिएपछि नेपाल सरकारको तर्फवाट सोही अभियोगमा मुद्दा दर्ता भएको थियो । फरार अभियुक्त्त तथा योजनाकार भनिएका युथफोर्स मोरङका अध्यक्ष समेत रहेका पर्शुराम
वस्नेतले अदालतमा हाजिर हुने वताएको भएपनि उनी आईतवार अदालतमा हाजिर भएनन । वादि र प्रतिवादीको तर्फवाट वहस गर्न जम्मा भएका एक सय  जति  कानुन व्यावासायिहरु तथा उत्तिकै मात्रामा मुख्य न्यायधिश मेधनाथ भट्टराईको ईजलासमा वहस सुन्न   भेला भएका संचारकर्मी र अभियुक्त्तका आफन्त तथा अन्य सर्वसाधारणहरुको भीडले आईतवार अदालत  खचाखच भरिएको थियो । पत्रकारको पक्षमा सत्तरी भन्दा वढि कानुन व्यावासायिले वकालत नामा भरेकोले वहस सोमवार पुन विहान १० वजेदेखी नै सुरु गरिने मुख्य न्यायधिश भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्