होटल छापा मार्दा प्रहरीको विरोध

होटल छापा मार्दा प्रहरीको विरोध

विराटनगर, १८ असार । होटल तथा रेस्टुरेन्टमा छापा मारेर आफ्ना ग्राहकहरुलाइ अनावश्यक दुख दिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा हालसालै नियुक्त भएर आएका प्रहरी उपरिक्षक प्रद्युम्न कार्की बिरुद्ध विराटनगरका होटल ब्यवसायीहरुले आन्दोलन गर्ने निर्णय गरेका छन् । होटल ब्यवसायमा संलग्न चार वटा संगठनहरुले भोली मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । एस्पी कार्की विराटनगर आएपछि होटलमा बसेका सर्वसाधारण, बिरामी र श्रीमान श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेर लगेको ब्यवसायीको भनाई छ । अस्पतालमा उपचार गराउन आएका श्रीमान श्रीमतीलाई होटलबाट पक्राउ गरी एक रात थुनेर प्रहरीले छाडेको ब्यवसायीको भनाई छ । क्षेत्रीय होटल संघ विराटनगर, होटल तथा पेय पदार्थ ब्यवसायी संघ, साना तथा मझौला होटल संघ र होटल ब्यसवायी संघले प्रहरी बिरुद्ध सडकमा उत्रिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्