संविधान निर्माण प्रक्रिया बारे अन्तरक्रिया

संविधान निर्माण प्रक्रिया बारे अन्तरक्रिया

विराटनगर/ ३२ असार । संविधान सभाद्वारा तयार गरिएको अवधारणा पत्र र प्रारम्भिक मस्यौदा बारे विराटनगरमा एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । संविधान निर्माणको प्रक्रिया र अहिलेसम्म भएको कार्यको जानकारी दिने र युवाहरुबाट संविधान निर्माणका लागि सुझाव संङ्कलन गर्ने उद्देश्यका साथ उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल कानुन समाजकी जनसम्पर्क अधिकृत रेखा थापा पाण्डे र संविधान सुचना केन्द्रका कोशी संयोजक सुरेशलाल श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले संविधान निर्माण बारे आफ्नो जिज्ञासा तथा सुझावहरु आयोजक समक्ष राखेका थिए ।
कार्यक्रम युवा अभियानको समन्वय तथा नेपाल कानुन समाजको आयोजनामा गरिएको हो । कार्यक्रमको उद्घोषण मदन चिमरियाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्