नगरपालिकाको एघार करोड तलब भत्तामा

नगरपालिकाको एघार करोड तलब भत्तामा

विराटनगर ६ साउन । विराटनगर उपमहानगरपालीकाको आर्थीक बर्ष २०६८ र०६९  को साढे एघार  करोड रुपैया तलब भत्ता सुविधा र सहयोगमा सकिने भएको छ । विराटनगर उपमहानगरपालीकाले २० औ नगर परिषद द्धारा आर्थीक बर्ष  ०६८ र०६९ का लागी ४४ करोड ३१ लाख, २४ हजार ४ सय ९७ रुपैया अनुमानीत बजेट विनीयोजन गरेको थियो जसमा विकास खर्चमा ३२ करोड ६५ लाख ३८ हजार ६ सय ६२ रुपैया र साधरण खर्च तर्फ ११ करोड ६५ लाख ८६ हजार १ सय ३५अ रुपैया छुटयाएको छ । तर साधरण खर्च तर्फ छुटयाएको बजेट तलब र भत्ता ,सहयोगमा मात्र सकिने भएको छ । जसमा कर्मचारिको तलब छोडेर बाकी ५ करोड ४० लाख ५३ हजार पुर्ण रुपमा भत्ता, इन्धन र सहयोगमा सकिने उपमहानगरपालीका स्रोतले बतायो ।
भत्ता र सहयोगमा किन यती धेरै रकम विनीयोजन गरेको भन्ने प्रश्नमा नगरपालीका का एक शाखा प्रमुखले रकम छुटयाउनै पर्ने बाध्यता रहेको बताएका छन । यसरि विनीयोजन गरिएको रकममा पदधिकारि पारिश्रमीक, कर्मचारि कल्याण कोष, कर्मचारि भत्ता,बैठक भत्ता, सरुपा भ्रमण खर्च तथा दैनीक भत्ता, तालीम खर्च, भाडा, इन्धन तथा अन्य इन्धन, सवारि इन्धन, पदाधीकारि, सवारि इन्धन कर्मचारि, अन्य इन्धन, परामर्श तथा अन्य सेवा शुल्क,परामर्श शुल्क,रहेका छन । त्यस्तै गरि विविध खर्च, अनुदान, सार्वजनीक सस्थालाइ अनुदान,  कार्यक्रम भ्रमण खर्च कार्यक्रम भ्रमण खर्च पदाधिकारि,  कार्यक्रम भ्रमण खर्च कर्मचारि रहेका छन । अधिकाङसउ शिर्षकहरु दोहोरिएका छन । यता विकास खर्च तर्फ छुटयाएको रकम पनि फोहर मैला ब्यबस्थापन र जग्गा खरिदमा नै सकिने भएको छ ।  विनीयोजन गरिएमध्ये फोहर मैला ब्यबस्थापनमा २ करोड २६ लाख, ७८ हजार ५ सय र जग्गा खरिदमा १ करोड ३८ लाख  यस अघिनै फोहर मैला ब्यबस्थापनमा नगरपालीकामा विवाद भएको थियो गोपाल रेग्मीकै पालामा र जग्गा खरिदमा पनि त्यस्तै विवाद भएको थियो । विनीयोजन रकम मध्ये ६ करोड २५ लाख ३२ हजार ३ सय ३५ रुपैया कर्मचारिको तलबको लागी छुटयाएको छ । ।गत आर्थीक् बर्षमा ३५ करोड ९६ लाख ७९ हजार ४ सय अनुमानीत खर्च राखिएकोमा २७ करोड ४४ लाख ७१ हजार ५५ रुपैया खर्च भएको थियो भने ०६८ जेष्ठ मसान्त सम्म २८ करोड ४५ लाख ७७ हजार  ६ सय ७८ रुपैया आमदानी गरेको थियो, गोपाल रेग्मीले आपनो कार्यकालमा पत्रकार सम्मेलन गरि  आम्दानी सबै तलब भत्तमा नै सकिएकाले विकास निमार्ण गर्न सककेको बताएका थिए ।  नगरपालीका कर्मचारिले यसरि बजेट छुटयाउनु भनेको भित्रभीत्रै मीलाएर खान सजिलो वनाएको बताएका छन, बैठक र इन्धन तथा भत्ताहरुको डबल सिर्षक राखिएको छ । छुटयाएको साधरण खर्च अहिलेसम्म पुरा खर्च हुदै आएको छ । ती कर्मचारिले भने उन्ले पदाधिकारि नभएको अबश्थामा पदाधिमारिको रकम समेत दलको मिलेमतोमा कार्यकारि प्रमुखले दलसग मिलाएर खाने गरेका छन ।
विगतमा गोपाल रेग्मीले नगरपालीकाको डम्पीङ साइड निर्माणका लागी जग्गा खरिद गर्दा घोटला भएको भन्दै दलका प्रती निधिहरुले विरोध गरेपछि जग्ग खरिद प्रक्रृया रोकीएको थियो । त्यस्तै रेग्मीले दलmहरुको विरोधका बाबजुद्ध पनि फोहर मैला ब्यबस्थापनमा मोटो रम खाएर ठेक्का दिएको आरोप लागेको थियो ।उन्ले यसको खण्डन गरेन ।
यस पटक रेग्मी पछाडी आएका कार्यकारि अधिकृत रामाधिन यादबले पनि पुरानै बजेटलाइ टालटुल पारेर ल्याएको आरोप खेपिसकेका छन । प्रमुख जिल्ल अधिकारि सरेश अधिकारिले समेत बजेट सार्वजनीक कार्यक्रममानै बजेट बारे चर्को आलोचना गरेका थिए ,सगै दलका नेताहरुले पनि आलोचना गरेका थिए काग्रृसले कार्यक्रमनै बहिसकार गरेको थियो ।
कर्मचारिहरुले समेत टालटुले बजेट आएको भन्दै यादव माथी आशका गरिरहेका बेला अनुत्पादक क्षेत्रमानै धेरै रकम विनीयोजन गर्नु र एकै प्रयोजनका धेरैवटा शिर्षक राख्नुले यादब माथी आसका थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्