सँगसँगैद्वारा युवाहरुको लागि तालिम आयोजना

सँगसँगैद्वारा युवाहरुको लागि तालिम आयोजना

वातावरण तथा युवाको क्षेत्रमा कार्यरत सामाजिक संस्था सँगसँगैले विराटनगरमा शनिवार युवाहरुको लागि क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । आदर्श उच्चमा विको प्राङ्गणमा अवस्थित शिक्षक तालिम केन्द्रमा आयोजित उक्त तालिममा युवाहरुलाई आफुमा भएको क्षमतालाई अभिवृद्धि गर्ने तथा त्यसलाई प्रयोग गरि जिवनमा कसरी लागु गर्ने भन्ने कुरा सिकाइएको थियो । विराटनगरको विभिन्न क्षेत्रमा कार्यरत तथा अध्ययनरत ३० भन्दा बढि युवा सहभागिहरुलाइ आशिष राज ढुङ्गानाले तालिम दिनुभएको थियो । तालिमको संयोजन सौरभ राजभण्डारीले  गर्नु भएको थियो । २०६५ सालमा स्थापित सँगसँगै आफ्नो स्थापनाकाल देखि नै युवा तथा वातावरणको क्षेत्रमा क्रियाशिल भइ कार्यरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्