विराटलक्ष्मी विकास बैंक लि.को मुनाफा ४९% ले बृद्धि

विराटलक्ष्मी विकास बैंक लि.को मुनाफा ४९% ले बृद्धि

विराटनगर ९ साउन । विराटलक्ष्मी विकास बैंक लि.को हालै बसेको संचालक समितिको बैठकले बैंकले आ.व. २०६७।६८ मा गरेको बार्षिक कार्य प्रगतिको समिक्षा गरेको छ । बैंकका कार्यकारी अध्यक्ष प्रभु प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न समिक्षा सम्बन्धि बैठकमा बैंकले गरेका उपलब्धी सम्बन्धी समिक्षा गरिएको थियो । जस अनुसार बैंकले आ.व. ०६७।६८ मा रु.४ करोड ७७ लाख ४४ हजार संचालन मुनाफा गरेको अनुमान गरिएको छ । बैंकले आ.व. ०६६।६७ मा गरेको संचालन मुनाफा रु.३ करोड २१ लाख ३५ हजारको तुलनामा ४९% ले बृद्धि भएको छ । बैंकले आ.व.०६७।६८ मा रु.१ अर्व ७६ करोड ३० लाख ३६ हजार निक्षेप संकलन गरेको छ । जो गत आ.व. ०६६।६७ मा रहेको निक्षेप रु.१ अर्व २६ करोड ४ लाख २० हजारको तुलनामा ४०% ले बढी हो । त्यसैगरी बैंकले आ.व. ०६७।६८ मा रु.१ अर्व २८ करोड ४४ लाख ६३ हजार कर्जा लगानी गरेको छ । जो गत आ.व. ०६६।६७ मा रहेको कर्जा लगानी रु.८६ करोड ९८ लाख ८८ हजारको तुलनामा ४८% ले बढी हो ।
बैंकले ११ वटा शाखा विस्तार गरी आ.व.०६६।६७ मा १८८७९ जना ग्राहकलाई सेवा पुर्याई आएकोमा आ.व. ०६७।६८ मा ६७% ग्राहक सेवामा बृद्धि गरी ३१ हजार ५ सय भन्दा बढी ग्राहकहरुमा बैकिङ्ग सेवा पुर्याएको कुरा कार्यकारी अध्यक्ष पराजुलीले जानकारी दिनु भयो । बैंकले हालै मात्र बित्त सेवा समेत शुरु गरेको छ । केन्द्रीय कार्यालय भवनमा बित्त मेसिन राखेर सबै शाखाबाट बित्त कार्ड वितरण गर्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्