राष्ट्र बैंकले मौद्रिक निती जारि

राष्ट्र बैंकले मौद्रिक निती जारि

विराटनगर ९ साउन । मेरङ ब्यापार संघले राष्ट्र बैकले भर्खरै जारि गरेको मौद्रिक नितीले सहज र सरल ढगले उद्योगका कच्चा पदार्थ आयत गर्ने विषयलाइ नसमेटेको बताएका छ । संघका अध्यक्ष अविनास बोहोराले राष्ट्र बैकको मोद्रिक नितीले भा.रु. अभाव हटाउने स्पष्ट नीति तथा कार्यक्रम नल्याएको, सुन चाँदीका गर–गहना निर्माण गर्नका लागि धातुहरु सरल ढंगले आयात गर्ने सुविधा प्रस्तुत नगरिएको, समय सापेक्ष अनुरुप स्वदेशी व्यापार लगायत निर्यात बजारलाई प्रोत्साहन गर्नका लागि उच्च व्याज दरलाई कम गर्ने वा हटाउने नीति नदेखिएको, गत आ.व.मा निर्यातमा दिइएको इन्सेन्टिभलाई समेत निरन्तरता नदिएका बर्ताका छन । अध्यक्ष बोहोराले बैकहरुले राष्ट्र बैङमा गनुपर्ने अनिवार्य नगद मौज्दात घटाएकाले बैकिंग प्रणालीमा थप रु. ३ अर्ब ८१ करोड प्रवाहित भई तरलता व्यवस्थामा सहयोग पुग्ने पासपोर्ट वापत पाइने डलर सुविधा २ हजारबाट बढाएर २५ सय गरिनु लचिलो र उदार नीति भएको बर्ताको छ । सघले उपहार, टिप्स वा यस्तै श्रोतबाट प्राप्त १हजार डलर सम्म सटही गर्ने व्यवस्था बैंकहरुबाट मिलाइनुले अनौपचारिक क्षेत्रमा प्रवाह हुने डलर बैकिंग च्यानेल मै आउने समेत बताएको छ । त्यस्तै विपन्न वर्गका लागि वाणिज्य बैंक विकास बैंक र वित्त कम्पनीले लगानी गर्नुपर्ने कर्जा विगतमा बढाइएकोले विपन्न वर्गको उत्थानमा बैकिंग क्षेत्रको भूमिका बढ्ने तथा बैकिङ नीतिले मर्जरलाई जारी राख्नुका साथै "घ" वर्गका वित्तीय संस्था बाहेक बाणिज्य बैंक विकास बैंक र वित्त कम्पनीलाई लाइसेन्स नदिने नीतिबाट बैंकहरु बीच अस्वस्थ्य प्रतिस्पर्धा कम गर्ने र भैरहेका बैंकहरुलाई मजबुत बनाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्