नयाँ जिल्ला शिक्षा अधिकारी कर्मचारि रुष्ट

नयाँ जिल्ला शिक्षा अधिकारी कर्मचारि रुष्ट

विराटनगर १२ साउन ।  भर्खर मात्र सरुवा भएर आएका मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले आफु खुसी निर्णय गर्न थालेपछि कर्मचारि रुष्ट बनेका छन । बरालले आफु हाजीर भएलगतै पहिलेका जिशिअले गरेको निर्णयलाई धमाधम उल्टाउन थालेपछि कर्मचारि रुष्ट बनेका हुन । उन्ले पहिलेको निर्णय उल्टाएर आफ्नो अनुकुलका कर्मचारीलाई जिम्मेवारी दिएपछि कर्मचारिले गुनासो गर्न थालेका हुन  । कार्यालयको कार्यक्रम शाखा हेरीरहेका उप सचिव राजकुमार थापाको सरुवा भएपछि खाली रहेको स्थानमा जिशिअ प्रमोदकुमार साहले अर्का उस सचिव टंक गौतमलाई नियुक्त गरेका थिए । तर साह सरुवा भइ अन्तै गएपछि उनको ठाउँमा आएका जिशिअ बरालले पहिलेको निर्णय बदर गरी कार्यक्रम शाखामा आफ्ना निकटका उपेन्द्र दाहाललाई नियुक्ती दिएका हुन् । एक जनालाई जिम्मेवारी दिई काम सुरु गरीसकेपछि बदर गर्दै अर्कोलाई नियुक्त गर्दा काममा समस्या आएको कर्मचारीहरुले बताएका छन । कर्मचारी स्रोतका अनुसार जिल्ला शिक्षा कार्यालयका अन्य शाखा भन्दा कार्यक्रम शाखामा आर्थिक कारोवार बढी हुने भएकोले चलखेल गर्न सजिलोका लागि पनि नवनियुक्त जिशिअ बरालले आफ्ना निकटका कर्मचारीलाई नियुक्ति दिएको बताए । दाहाल यसअघि एनजीओ आइएनजीओ फोकल पर्सन रहेका थिए । कर्मचारीले कार्यालयमा हाजिर गर्न त परै जाओस झोला विसाउन नपाउँदै पहिलेको निर्णय उल्टाएर आफ्ना मान्छेलाई नियुक्ति दिई दमक बहिनीको विहेमा लागेको बताए  । जिशिअ बरालले भनें सिनियरताका आधारमा दाहाललाई जिम्मेवारी दिएको र गौतमलाई जिम्मेवारी दिएको बारे आफुलाई थाहा नभएको बताएका छन । फेरी टंक जीलाई पहिले नै जिम्मेवारी दिएको बारे मलाई थाहा भएन जिशिअ बरालले भने उहाँले पनि पत्र लिएर चुप लागेर बस्नु भएछ  बरामलको कथन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्