सार्वजनिक स्थानमा धूमपान गर्नेलाई जरिवाना

सार्वजनिक स्थानमा धूमपान गर्नेलाई जरिवाना

विराटनगर २२ साउन । सरकारले आजदेखि सार्वजनिक स्थानमा धूमपान गर्नेलाई जरिवाना गर्ने भएको छ । व्यवस्थापिका संसदबाट सुर्ती नियन्त्रण तथा नियमन ऐन पारित भएपछि आजबाट देशभर यो नियम लागू भएको हो । ऐन अनुसार अबदेखि सार्वजनिक स्थानमा धूमपान गरेको भेटिएमा एक सय जरिवाना गरिनेछ । सरकारले अनुगमनका लागि स्वास्थ्य मन्त्रालय मार्फत अनुगमन निरीक्षकसमेत खटाउँने भएको छ । साथै आगामी कार्तिक १८ गतेदेखि चुरोट कम्पनीहरुले ७५ प्रतिशत चुरोटबारे चित्रसहितको तस्बिरसमेत राख्नुपर्नेछ । गर्भवती महिलालाई समेत सूर्तीजन्य पदार्थ खरिदमा रोक लगाइएको छ । त्यस्तै, पानपसल र खुला स्थानमा चुरोट बिक्री वितरण गर्न पाइने छैन । विक्री गर्दा नखोलिएको बट्टा १८ वर्षमाथिका व्यक्तीलाई मात्र बेच्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले यसको कार्यान्वयनका लागि सरकारको गृह, वाणिज्य, शिक्षालगायतका मन्त्रालयसँग छलफल शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्