डीपीएसको सवारी आवागमनमा रोक

डीपीएसको सवारी आवागमनमा रोक

विराटनगर/२८ श्रावण । विराटगनर–६ स्थित सम्झना चौकका स्थानिय वासिन्दाले  दिल्ली पब्लिक स्कुलको सवारी साधन जानकी मार्गबाट चल्न रोक लगाउने भएका छन् । डिपिएसले उक्त सडक निर्माण गर्दा सम्झना टोल संगठनसँग गरेको सम्झौता अनूसार रकम निकासा गरेको भन्दै उनीहरुले सवारी आवगमनमा रोक लगाउने बताएका हुने ।
२०६४ सालमा नगरपालिकाको ७० र सरोकारवालाहरुको ३० प्रतिशत लगानीमा निर्माण गर्न सूरु गरिएको सडक निर्माण कार्य पुरा भईसक्दापनि डिपिएसले आफ्नो भागको रकम नदिएको गुनासो टोल संगठनका अध्यक्ष केदार कार्कीले बताए । कार्कीका अनुसार पटक पटक विद्यालयका पदाधिकारीहरुलाई सम्पर्क गरेर रकम माग गर्दा निकासा गर्ने वचन दिए पनि व्यवहारमा पुरा नगरेकाले टोल भेला गराई बाध्य भई डिपिएसको सवारी साधन चल्न रोक लगाउने निर्णय गरिएको हो ।
टोल संगठनले निर्माण पछि भारी बस तथा ट्रकहरुको आवतजावतका कारण सडक पुनः जिर्ण भएकोले पुनःनिर्माणका लागि लाग्ने रकमको समेत माग गरेका छन् । समितिले रकम निकासा नभएसम्म डिपिएसका सवारी साधन चल्न रोक लगाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्