नेपाल एकदिवसिय विश्वकप क्रिकेट छनौट प्रतियोगिताको समुह ‘क’ मा

नेपाल एकदिवसिय विश्वकप क्रिकेट छनौट प्रतियोगिताको समुह ‘क’ मा

2014-wcq-logo-150 अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज २०१५ को एकदिवसीय विश्वकप क्रिकेटका लागि छनौट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार नेपाल समुह '' मा परेको छ । पुस २६ गतेदेखि न्युजिल्याण्ड आयोजना हुने छनौट प्रतियोगितामा स्कटल्याण्ड, हङकङ, संयुक्त अरब इमिरेट्स् र क्यानडा पनि सोहि समुहमा परेकाछन्। यसै गरि अर्को समूह मा पपुवा न्यूगिनी,नामिबिया, नेदरल्याण्ड्स्, केन्या र युगाण्डा परेकाछन्। नेपालले पहिलो खेल पुस २९ गते युएईसँग खेल्नेछ । भने पुस २६ गते नामिबिया र २७ गते केन्यासँग अभ्यास खेल खेल्नेछ । दुई समूहबाटै चरणमा उत्कृष्ट तिनमा परेका देशहरु सम्मिलित गरि सुपर सिक्स खेलाईने छ । सुपरसिक्सबाट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली २०१५ को विश्वकपका लागि छनोट हुनेछन् । यस अघि नै अफगानिस्तान र आयरल्याण्ड विश्वकपमा छनौट भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्