संविधानसभा अदालतले धाँधली गरेको भन्दै परेको उजुरीमा काठमाडौं ४ बाट विजयी नेपाली कांग्रेसका युवा नेता गगन थापालाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ । अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले थापासँगै निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतलगायतका विपक्षीलाई बोलाएको हो । धाँधली भएको भन्दै कांग्रेसका सभासद थापाविरुद्ध एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङले अदालतमा उजुरी दिनु भएको थियो । पासाङले पुनः निर्वाचनको माग समेत माग गर्नु भएको छ ।