एमाओवादी र काँग्रेसले मिलेर संविधान बनाउने

एमाओवादी र काँग्रेसले मिलेर संविधान बनाउने

नेपाली काँग्रेस र एमाओवादीबीच एक वर्षभित्र संविधान निर्माण गर्न सहमत भएका छन् । दुई पार्टीबीच आज माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा काँग्रेसले एमाओवादीलाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन र जनताको मतलाई स्वीकार गर्न आग्रह गरेको थियो भने एमाओवादीले ‘संविधानसभा निर्वाचनका सम्बन्धमा देखिएका धाँधली तथा नीतिगत कमजोरीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको थियो । एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टी शान्ति र संविधानको पक्षमा नै छ भन्दै ‘निर्वाचनमा भएको र गरिएको संरचनागत, नीतिगत र संस्थागत धाँधली’को छानबिन गर्न माग गर्नुभएको थियो । एमाओवादीको मागमा कांग्रेसले सबै विषयलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्न सकिने बताएको कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्