एकदिवसिय विश्वकप छनौटका लागि नेपाली टोली घोषणा

एकदिवसिय विश्वकप छनौटका लागि नेपाली टोली घोषणा

2014-wcq-logo-150न्यूजिल्याण्डमा हुने एकदिवसीय विश्वकप छनोट क्रिकेटका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । विश्वकप छनोटको तयारीका रुपमा आयोजित जर्नी टु वल्र्डकप प्रतियोगिता सकिएको भोलिपल्ट नेपाली टोलीको घोषणा भएको हो ।
सोमपाल कामी पहिलो पटक सिनियर टोलीमा परेका छन् भने चोटका कारण ट्वान्टी(२० विश्वकपको छनोट खेल गुमाएका पृथु वास्कोटाले फर्कएिका छन् । सोमपाल र पृथुको आगमनसँगै ट्वान्टी(२० विश्वकपको छनोट टोलीमा रहेका राहुल विक र अमृत भट्टराई भने बैकल्पिकमा परेका छन । टोलीमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी र प्रदीप ऐरी छन । अनिल मण्डल, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुवास खकुरेल र अभिनाश कर्ण पनि टोलीमा अटाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्