अपांगता भएकाहरुको कानुनी संरक्षण

अपांगता भएकाहरुको कानुनी संरक्षण

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले अपांगता भएका व्यक्तिहरुका लागि सरकारले कानुनी रुपमा संरक्षण गरेको बताएका छन । अपांगता रोजगार मेलाको राजधानीमा उद्घाटन गर्दे रेग्मीले समानता र स्वतन्तत्राको अधिकार सबैसँग हुने भए पनि मुख्य रुपमा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको बताए । अपांगता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा र व्यवसायिक सीपको अभिबृद्धि गर्न सरकार लागि परेको भन्दै रेग्मीले उनीहरुको क्षमता अनुसारको रोजगारी उपलब्ध गराउन सरकारले तयारी गरिरहेको बताए । नेपालमा अपांगता भएका व्यक्तिहरु मध्ये ९५ प्रतिशत व्यक्ति बेरोजगार छन् । मेलामा अपांगता भएका व्यक्ति र संस्थाले उत्पादन गरेका सामग्रीको स्टल राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्