उच्चस्तरीय राजनीतिक समितिलाई अघि बढाउन अन्यौलता

उच्चस्तरीय राजनीतिक समितिलाई अघि बढाउन अन्यौलता

उच्चस्तरीय राजनीतिक समितिलाई अघि बढाउने या नबढाउने विषयमा दलहरुबीच विवाद देखिएको छ । शान्ति सचिवालयको कार्यालय बबरमहलमा आज बसेको समितिको बैठकमा विवाद भएपछि छलफल बिना निष्कर्ष टुंगियो । समितिलाई अझै निरन्तरता दिनुपर्ने पक्षमा नेपाली कांग्रेस, एमाओवादी र मधेशवादी दलका नेताहरु उभिएका छन भने त्यसको विपक्षमा नेकपा एमालेका नेताहरु छन । बैठक पछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले उच्चस्तरीय राजनीतिक समितिलाई अझै निरन्तरता दिनुपर्ने बताए । उनले भने, “मन्त्रिपरिषद्ले चयन गर्ने २६ जना सभासदको टुंगो लगाउन र अन्य विवादित विषय मिलाउन पनि समिति आवश्यक छ । एमाओवादी नेता नारायणकाजी श्रेष्ठ, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार र तमलोपाका नेता हृद्धेयश त्रिपाठीले पनि समितिलाई निरन्तरता दिनुपर्ने बताएका थिए । तर, एमाले नेता रघु पन्तले उच्चस्तरीय राजनीतिक समितिको औचित्य सकिएको प्रतिक्रिया दिए । उनले भने, “विवादित विषयको टुंगो संविधानसभा भित्रैबाट खोज्नुपर्छ, संविधानसभा बाहिरबाट विवाद टुंग्याउन खोजे त्यो स्वीकार्य हुन्न । उच्चस्तरीय समितिको म्याद भोली सकिँदैंछ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्