एमाले नलिई सहमति गरिदैन: सभापति कोईराला

एमाले नलिई सहमति गरिदैन: सभापति कोईराला

विराटनगर, ४ पौष । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई बाहिरै छाडेर एमाओवादीसँग मात्रै सहमति हुन लागेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुले कांग्रेस(एमाओवादी पाँचबुँदे सहमति नजिक भएको समाचारबारे प्रश्न उठाएका थिए । बैठकमा सभापति कोइरालाले बुधबार आफू र एमाओवादी अध्यक्षप्रचण्डबीच छलफल भएको तर, कुनै सहमति भने नभएको प्रष्ट पार्नुभयो । ‘आफू सबै दलसँग सहमति गरेर अघि बढ्ने प्रयासमा रहेको भन्दै कोइरालाले एमालेलाई माइनस गरेर जाने कुनै मनसाय नभएको बैठकमा बताउनुभएको थियो ।बैठकपछि नेता रामशरण महतले कांग्रेस र एमाओवादीबीच सहमति भएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्