पसिना आएका भिमशेनमा ज्ञानेन्द्रको भेटि

पसिना आएका भिमशेनमा ज्ञानेन्द्रको भेटि

विराटनगर, ४ पौष । दोलखा भीमेश्वरलाई ‘पसीना’ आएपछि परम्पराअनुसार ‘क्षमापूजा’का लागि पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आफ्ना चार सहयोगीसँगै भेटी पठाउनुभएको छ । ज्ञानेन्द्रले एक हजार रुपैयाँ भेटी पठाउनुभएको छ । यसअघि राष्ट्रपति डा.रामवरण यादवले २ हजार ५ सय भेटी पठाउनुभएको थियो भने गृहमन्त्रालयले दुईवटा काला बोकाहरु पठाएको थियो । ‘पूर्वराजा ज्ञानेन्द्र’ लेखेर रसिद कटाउँदै भेटी प्राप्त भएको भीमेश्वर व्यवस्थापन समिति कोषाध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँकै नामबाट टहलुवा मन्दिर हेरालु ४ जनालाई २ का दरले रकम दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्