तिन दलबिच प्रधानमन्त्री बन्ने विषयमा तनाव सुरु

तिन दलबिच प्रधानमन्त्री बन्ने विषयमा तनाव सुरु

संविधानसभाको दोस्रो निर्वाचनमा पहिलो दल बनेको नेपाली काँग्रेसभित्र प्रधानमन्त्रीको बन्ने भन्ने विषयमा तीन शीर्ष नेताहरुवीच नै टकराव उत्पन्न भइरहेको छ । यसैवीच सुशील कोइराला र रामचन्द्र पौडेलले आफू प्रधानमन्त्री बन्ने भन्दै देउवाको सहयोग माग्न थाल्नुभएको छ । पार्टी सभापति सुशील कोइराला आफ्नो नेतृत्वमा पार्टी पहिलो शक्ति बनेकाले प्रधानमन्त्री बन्ने मुडमा हुनुहुन्छ भने पार्टी उपसभापति रामचन्द्र पौडेलले पनि आफू १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार भइसकेकाले अब आफूलाई प्रधानमन्त्री बन्ने मौका दिनुपर्ने बताउँदै आउनुभएको छ ।

उता तीनपटक प्रधानमन्त्रीको पद सम्हालिसकेका बरिष्ठ नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको आकांक्षी रहेको उनीनिकट नेताहरुले बताउँछन् । पार्टी सभापति भइसकेको व्यक्ति एकपटक प्रधानमन्त्री बन्ने धुनमा कोइराला रहनुभएको छ । तर, प्रधानमन्त्री बन्न भने उहाँलाई त्यति सजिलो नभएको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्