अपांग महासंघद्वारा दोश्रो चरणको आन्दोलन सुरु

अपांग महासंघद्वारा दोश्रो चरणको आन्दोलन सुरु

आफुहरूको मागलाई दलहरूले वेवास्ता गरेको भन्दै राष्ट्रिय अपांग महासंघ नेपालले आाजदेखि दोश्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महांसघको पुर्वाञ्चल क्षेत्रिय कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी दिएको हो । संबिधानसभामा समानुपातिक सभासद पदकालागि मन्त्रिपरिषदले मनोनयन गर्ने २६ जनाको कोटामा अपांगता भएका महिला पुरुष गरि ४ जनालाई अनिवार्य मनोनय गर्नुपर्ने मांगलाई वेवास्ता गरिएको कारण दोश्रो चरणको आन्दोलन घोषणा गर्न बाध्य भएको महासंघका क्षेत्रिय अध्यक्ष रामबहादुर कार्कीले बताउनु भयो । उहांले दोश्रो चरणको आन्दोलन अन्तर्गत आगामी माघ २ गते देशभरि १ घंटा चक्का जाम लगायतका कार्यक्रम गरिने जानकारी दिनु भयो । अध्यक्ष कार्कीले राजनितिक दलहरूको अपांगता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा अझै फरक नआएको आरोप लगाउनुभयो । उहांले दोश्रो चरणको आन्दोलनबाट समेत मांग पुरा नभए तेश्रो चरणको आन्दोलनलाई अझ सशक्त बनाएर जाने उल्ल्ेख गर्नुभयो । पत्रकार सम्मेलनका सहभागिहरूले अपांगता भएका व्यक्तिहरू भित्र समेत संबिधान विज्ञहरू रहेकाले उनिहरूलाई अवसर दिइनुपर्ने जोड दिएका थिए । कार्यक्रममा लोकतान्त्रिक राष्ट्रिय अपांग संगठनका बिनोद कार्की,दीपक लुइटेल सहित अपांग सम्बद्ध बिभिन्न संघ संस्थाका प्रतिनिधहरूको उपस्थिति रहेको थियो । उनिहरू मांग पुरा गराउन भन्दै पौष २२ गतेबाट आन्दोलित भएका हुन । २०६८ सालको जनगणना अनुसार मोरङमा मात्र १७ हजार अपांगता भएका व्यक्तिहरू रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्