पार्टीमा सल्लाह नगरेर सरकार एक्लौटी बन्दैछ : अर्जुन नरसिंह केसी

पार्टीमा सल्लाह नगरेर सरकार एक्लौटी बन्दैछ : अर्जुन नरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मन्त्रीमण्डल पुर्नगठन एंव विस्तारहुने संभावना अहिले नरहेको बताउनु भएको छ ।
विराटनगरमा आज संचारकर्मीहरुसंगको भेटमा नेता केसीले संविधान निर्माणका लागी चार महिनामात्र वाकी रहेकाले यस्तो वेलामा मन्त्रीमण्डल पुर्नगठन गर्नु उपयुक्त नहुने बताउनुभयो । नेता केसीले अहिले संविधान निर्माणको चरणमा मुलुक रहेकाले कुनै कुरामा नअल्झि निर्धारित समयमा संविधान निर्माणगर्ने तर्फ सवैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेकपा–माओवादी लगायत संविधानसभा वाहिर र भित्र रहेका दलहरुलाइ सहमतीमा ल्याउन हर संभव प्रयास भइरहेकाले यदी सहमती हुन नसके प्रक्रियामा गएर भएपनी माघ–८ गते संविधान जारी हुने बताउनुभयो । नेता केसीले संविधान सहमतीको दस्तावेज भएकाले सहमतीवाटै संविधान जारी गर्नु कुनै कसर वाकी नराख्ने उल्लेखगर्दै यदी सहमती हुदैन भने अव कसैलाइ नपर्खिने र प्रक्रियामा गएर भएपनी संविधानका विवादित विषय टुग्याउने प्रष्ठ पार्नुभयो । एक अर्को प्रसगंमा उहाँले पार्टी भित्र कुनै सल्लाह नगरी सरकार एकलौटी ढंगले अघि वढेका आरोप लगाउनुभयो । नेता केसीले अहिलेको सरकारप्रती जनताको विश्वास रहेकाले सवै संग सहमती कायम गरी सरकार अघि वढनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्