सन्तानलाइ अंश दिने कानुन जस्तै बाबुआमा पाल्ने कानुन आवश्यक

<span class='c1'>सन्तानलाइ अंश दिने कानुन जस्तै</span> <span class='c2'>बाबुआमा पाल्ने कानुन आवश्यक</span>

नेकपा एमालेका केन्द्रीय सदस्य भरतमोहन अधिकारीले राज्यले जेष्ठ नागरिकहरुलाई पर्याप्तरुपमा सेवा सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका विषयमा आज विराटनगरमा गरिएको छलफलमा सहभागि हुन आउनुभएका उहाले संचारकर्मीहरुसंग बोल्दै यस्तो बताउनुभएको हो । उहाले जेष्ठ नागरिकहरुको हकमा ऐन बनेको भएपनि त्यो सफलहरुपमा कार्यान्वयनमा नआएको भन्दै सरकारलाई ऐन कार्यान्वयन गर्न आग्रह समेत गर्नुभयो ।
जेष्ठ नागरिक सम्बन्धी ऐनमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य तथा यातायातमा छुटको व्यवस्था गरेको भएपनि त्यो कार्यान्वयन हुन नसकेको प्रति उहाले आपत्ति प्रकट गर्नुभयो । उहाले अव बन्ने संविधानमै जेष्ठ नागरिकहरुको अधिकारलाई सुनिश्चित गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाले आमाबुवाले आफ्ना सन्तानलाई अंश दिनुपर्ने कानुन जस्तै बृद्धाअवस्थामा छोराछोरीले आफ्ना आमाबुवाको पालनपोषण गर्नुपर्ने कानुनको आवश्यकता रहेको धारण व्यक्तगर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्