उराव समुदायका सभाषदको भव्य स्वागत

उराव समुदायका सभाषदको भव्य स्वागत

संविधानसभाको २६ सिटमा मनोनीत भएका उराव समुदायका एक सभासद्लाई बाजागाजा तथा झाकि सहित आज विराटनगरमा भव्य स्वागत एंव सम्मान गरिएको छ ।
नेपाली कांग्रेसको तर्फवाट मनोनित भएका सुर्यदेवदास उरावलाइ विराटनगर विमानस्थलमा वाजागाजा र झाकी सहित स्वागत गरिएको हो । उराव समुदायबाट पहिलो पटक सभासद् चयन भएका उहालाई पार्टीका नेता कार्यकर्ता तथा उराव समुदायले स्वागत गरेका थिए । संविधानसभा निर्वाचन भएको आठ महिना पछी सभासद् भएर पहिलो पटक गृह जिल्ला आउनुभएका उहालाई उराव समुदायले आफ्नै वेशभुषामा झाकी र नृत्य पस्तुत गर्दै स्वगत गरेका थिए । सभासद् उराव सुनसरी भोक्राहा –९ का वासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्