स्थानीय निर्वाचन एमाओवादी र मधेशवादीले रोके: भरतमोहन अधिकारी

स्थानीय निर्वाचन एमाओवादी र मधेशवादीले रोके: भरतमोहन अधिकारी

विराटनगर नेकपा एमालेका नेता भरतमोहन अधिकारीले स्थानिय विकासका लागि जनप्रतिनिधि महत्वपुर्ण भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।
स्नानिय निकाय तथा भौतिक संरचना विभाग नेकपा एमाले जिल्ला कमिटि मोरङले आज विराटनगरमा आयोजना गरेको पूर्वजनप्रतिनिधिहरुको भेलामा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले राजनितिक दलहरुले ६ महिना भित्रमा गर्ने भनिएको स्थानिय निकायको निर्वाचन एमाओवादी र मधेशवादी दलहरुले गर्न नदिएको भन्दै सरकारले बाहाना बनाएको उहाले आरोप लगाउनुभयो । स्थानिय निकायलाई संवैधानिक मान्यता दिनुपर्ने बताउदै उहाले यसको काम कर्तव्य र जिम्मेवारीलाई अब बन्ने संविधानले व्यवस्था गर्नुपर्ने अनि मात्रै स्थानिय निकाय अगाडि बढ्न सक्ने उहाले बताउनुभयो । लोकतन्त्र स्थापना र विकासका लागि स्थानिय निकायको निर्वाचन महत्वपुर्ण भएको भन्दै उहाले सरकारलाई यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
उहाले अबको समय भनेको आर्थिक समृद्धिको समय भएकाले मोरङ जिल्लाले कृषि, पर्यटन र उर्जामा विकास गरे नमुना जिल्ला बन्न सक्ने धारण व्यक्त गर्नुभयो । एक अर्काे प्रसंगमा उहाले माघ ८ गने जसरीपनि संविधान जारी गर्नुपर्ने बताउदै एमालेलाई हर सम्मको लचिलो हुन आग्रह गर्नुभयो ।
संविधान जारी गरेपछि मात्रै देशमा शान्ति छाउने र राजनैतिक अस्थिरताको पनि अन्त्य हुने भएकाले सबैको सहमतिमा तोकिएकै मितिमा संविधान जारी गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्