व्यवस्थापिका–संसद् सुचारु गर्न प्रतिपक्ष दल एकीकृत नेकपा (माओवादी) सकारात्मक- सञ्चारमन्त्री –

व्यवस्थापिका–संसद् सुचारु गर्न प्रतिपक्ष दल एकीकृत नेकपा (माओवादी) सकारात्मक- सञ्चारमन्त्री –

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अवरुद्ध व्यवस्थापिका–संसद् सुचारु गर्न प्रतिपक्ष दल एकीकृत नेकपा (माओवादी) सकारात्मक भएको बताउनुभएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै एनेकपा (माओवादी) सकारात्मक रहेकाले अवरुद्ध संसद् चाँडै सुचारु हुने बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुन आउनुभएका मन्त्री रिजालले अवरुद्ध संसद् सुचारु गर्न अमेरिका जानुअघि नै प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेकाले अवरुद्ध संसद् चाँडै खुल्छ भन्नुभयो ।
सरकार गठनअघि भएको चारबुँदे सहमति कायम गर्न सरकार प्रतिबद्ध रहेकाले उच्चस्तरीय राजनीतिक संयन्त्रको विषयलाई प्रतिष्ठाको विषय बनाउन नहुने मन्त्री रिजालको भनाइ छ । उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।

उहाँले कुनै दललाई पाखा लगाएर संविधान बन्न नसक्ने भन्दै एकीकृत माओवादी, मधेसवादी तथा नेकपा–माओवादीलगायत संविधानसभा भित्र र बाहिर रहेका दलहरुको सहमतिमै संविधान जारी हुने मन्त्री रिजालले दाबी गर्नुभयो ।
बेलबारी बहुउदेश्य सहकारी संस्थाले आफ्नो १३औ वार्षिक साधरण सभाको अबसरमा १०६ वर्षका बृद्ध कृतिराज गिरी सहित साहित्यकार र खेलाडिलाई नगत सहित दोसल्लाले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा कृति राज गिरी, जित बाहादुर गिरी, जय बाहादुर गुरुङ, गोबरधन गुरुङ, रेखा सुबेदी, रमेस लामालाई सम्मान गरेको हो । त्यस्तै गरी स्व.पुन्य प्रसाद सुबेदी, टंक बाहादुर थापा, प्रेम प्रसाद गिरी, कुमार प्रसाद राई, सहित सेयर सदस्यका ७० वर्ष माथिका अभिभाबकलाई समेत नगद ११सय १ रुपैयाँ सहित दोसल्ला र सम्मान पत्र दिई सम्मान गरिएको सहकारीका अध्यक्ष प्रताप कुमार थापाले जानकारी दिनु भयो । २२१ जना सेयर सदस्य रहेको बेलबारी बहुउदेश्य सहकारी संस्थाले समय समयमा रचानात्मक कार्य गर्दै आएको र आउदा दिनमा समेत निरन्तरता दिने संस्थाका उपाध्यक्ष शिब प्रसाद बरालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्