प्रधानमन्त्रीव्दारा अमेरिकी राष्ट्रपतिसँग भेट,नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्रीव्दारा अमेरिकी राष्ट्रपतिसँग भेट,नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार न्यूयोर्कमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटेर नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
राष्ट्र संघको ६९ औं महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाद्वारा आयोजित रिसेप्सन कार्यक्रममा कोइरालाले अमेरिकी राष्ट्रपतिलाई सो निम्तो दिनुभएको न्यूयोर्क स्थित नेपाली नियोगले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफूहरु संविधान निर्माणको काममा लागिरहेको राष्ट्रपति ओमाबालाई जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्