आज दशैको एघाराँै दिन अर्थात एकादशी आजपनि टिका लगाइदै ।

आज दशैको एघाराँै दिन अर्थात एकादशी आजपनि टिका लगाइदै ।

नेपालीहरुको महानचाड बडादसैं अन्तर्गत आज एघारौं दिन अर्थात एकादशी । आज पनि बिहानैदखि आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाउन जाने आउनेहरुको क्रम जारी छ । टाढा टाढाबाट टिका लगाउनका लागि आफन्तकामा जाने तथा हिजो टिका लगाउन छुटेकाहरुले आज टिका लगाउने गर्दछन् ।
हिजो आफन्तकोमा टिका लगाउन जान नपाएकाहरु आज बिहानैदेखि घर बाहिरका आफन्तको जान शुरु गरेका छन् । यो क्रम कोजाग्रत पुणर््िामा सम्म रहन्छ । मान्यजनबाट दशैको टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेलो जमरा प्रयोग गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशैंलाई मनाइन्छ । घटस्थापनादेखि नौ दिनसम्म दशै घरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरा सहितको टीका बिजयादशमीका दिनदेखि लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैघरमा विधिपूर्वक राखिएको जमरा टिकाका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नव दुर्गाभवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।
परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उँहाहरुबाट यश, ऐश्वर्य वृद्धि तथा र्दीघायु प्राप्त होस भनी आर्शीवाद लिइन्छ । १५ दिन सम्म मनाईने नेपालीहरुको महान चाड दशैं कोजाग्रत पुर्णिमाका दिन बिदाईको टिका लगाएर सम्पन्न गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्