मुस्लिम समुदायले आजदेखी २३ गतेसम्म बकर इदु पर्व मनाउदै।आज एक दिन साबर्जनिक बिदा

मुस्लिम समुदायले आजदेखी २३ गतेसम्म बकर इदु पर्व मनाउदै।आज एक दिन साबर्जनिक बिदा

मुस्लिम समुदायले आजदेखी २३ गतेसम्म बकर इदु पर्व मनाउदै छन् । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व मानिने बकर इद अर्थात् जनावरलाई वली दिने दिनको रूपमा मनाउने गरिन्छ।
इब्राहिमले सपनामा आफ्नो छोरा इस माइललाई ईश्वरको आदेशानुसार बली दिएकोले त्यही अनुसार छोरालाई बली दिन जङ्गलमा लिएर गएकामा छोरा नमानेपछि आकासवाणी भई ईश्वरले तिमीले मेरा आज्ञा पालना गर्दै अब छोराका सट्टा जनावरको बली दिनु भनेपछि जनावरको बली कुवार्नी दिने चलन चलिआएको छ।
बकर इदका दिन बिहान मुस्लिम समुदायहरूले स्नान गरी राम्रो सफा लुगा लगाई इदगार वा मुस्जिदमा गई सामुहिक नमाज पाठ गरी सकेपछि इद मुवारक भन्दै शुभकामना एक आपसमा आदानप्रदान गरिन्छ।
नमाजपछि मुस्लिम शास्त्रअुनसार चौपाया खसी, बोका, बाख्रा, राँगा, भैँसी, भेडा, ऊँटलगायतमध्येका जनावरको बली (कुर्वानी) दिने गरिन्छ।
कुर्वानी दिएको जनावरको मासुलाई तीन भागमा एक भाग परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब दीन दुःखी र विपन्नलाई छुट्याइने गरिन्छ। सो दिन आफ्नो इष्टमित्रलाई घरमा बोलाई मासुको परिकार खुवाई शुभकामना आदानप्रदान गरी मनाउने चलन छ।सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा )को अबसरमा आज एक दिन साबर्जजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्