आन्दोलन होइन संविधान बनाउन लागौंः प्रधानमन्त्री

आन्दोलन होइन संविधान बनाउन लागौंः प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गतेभित्र सहमतिमा संविधान ल्याउन सरकार गम्भीरताका साथ छलफलमा जुटिरहेकाले कुनै पनि आन्दोलन र विवाद नगर्न सम्बद्ध दलसँग आग्रह गरेका छन् । नेपाली काँग्रेसले मंगबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अहिले आन्दोलन वा विवाद नगरी वार्ताकै माध्यमबाट मुलुकलाई शान्ति र स्थायित्व दिनुपर्नेमा जोड दिँदै सहमतिमै संविधान जारी हुनेमा ढुक्क हुन आग्रह समेत गरे । उनले एमाओवादीसहितको गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गर्दै भने–विगतमा पनि लडाकु व्यवस्थापनजस्ता विषयमा विवाद र होहल्ला भए पनि हामीले सहमति गरेको आधारलार्इृ हेर्दा यस पटक पनि माघ ८ भित्र संविधान बनाउन सहमति जुट्ने विश्वास लिएको छु, म सबैलाई वार्ता र सहमतिमा आउन आग्रह पनि गर्दछु ।” उनले दलहरूले निर्वाचनमा जाँदा एक वर्षभित्र संविधान बनाउने प्रतिबद्धता गरेकाले त्यसलाई तोड्नु उचित नहुने जनाउँदै संविधानसभा बाहिर रहेका दललाई पनि संविधान निर्माणको प्रक्रियामा सामेल गराउन आफूहरुले प्रयास गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्