“सहमतिबाट नभए प्रक्रियामा गएर पनि निर्धारित मितिमै संविधान जारी गर्ने” -गृहमन्त्री गौतम

“सहमतिबाट नभए प्रक्रियामा गएर पनि निर्धारित मितिमै संविधान जारी गर्ने” -गृहमन्त्री गौतम

उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सहमतिबाट नभए प्रक्रियामा गएर पनि निर्धारित मितिमै संविधान जारी गर्ने बताउनुभएको छ ।
सिरहाको सुखिपुरमा प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अन्तिम समयसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए प्रक्रियामा गएरै भए पनि संविधान जारी गर्ने बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताले सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा लिएको बताउँदै उहाँले यसलाई गुम्न नदिन माघ ८ गते प्रक्रियाको आधारमा भएपनि संविधान जारी गरेरै छाड्ने बताउनुभयो ।
जातीय आधारमा सङ्घीयताको कुरा केही दलले उठाए पनि नेपालको सन्दर्भमा त्यो सम्भव नभएको बताउँदै उहाँले सबै जाति सबै ठाउँमा बसोबास गरिरहेकाले जातीय आधारमा संविधान जारी हुन नसक्ने उहाँको भनाइ थियो ।
उहाँले दुई प्रदेश मधेसमा र पाँच प्रदेश हिमाल, पहाड र तराई छुनेगरी बनाउन उपयुक्त हुने आफ्नो पार्टीको धारणा रहेको प्रष्ट पार्नुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्