नेकपा एमालेकी उपाध्यक्ष विद्यादेबी भण्डारीले संविधान निर्माण हुने विश्वास ब्यक्त

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेबी भण्डारीले  संविधान निर्माण हुने विश्वास ब्यक्त

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेबी भण्डारीले पार्टीको मुख्य लक्ष्य समयमै संबिधान निर्माण गर्ने रहेको बताउनु भएको छ ।
दिउँसो एमाले मोरङको पार्टि कार्यालय पाञ्चालीमा उहाँले विवादीत बिषयमा सहमती जुटाउन सघन रुपले दल लागेको बताउनुभयो ।
एमाले मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै उँहाले यसकालागी पटक पटक छलफल र वार्ता भई रहेकाले समयमा नै आमसहमती सहित संविधान निर्माण हुने विश्वास ब्यक्त गर्नु भयो ।
यद्यपी केहि नेताबाट वार्ताका बेला भएका र बाहिर निस्केर आउने अभिब्यक्ति विपरित हुनेगरेकाले पुर्ण विश्वास गर्ने आधार भने नभएको बताउनु भयो ।
एकिकृत नेकपा माओबादीलाई लक्षित गर्दै उहाँले सकेसम्म आम सहमती नभए प्रकृयाबाटै संविधान जारी हुने दाबी गर्नु भयो ।
अहिलेको संविधान सभाबाट संविधान निर्माण गर्न जनादेश पर्याप्त छ, उहाँले भन्नु भयो तरपनि सकेसम्म आम सहमतीको प्रयासको लागी एमाले पुर्ण लचकताका साथ अघि बढेको छ ।
यस्तै उता सुनसरीको इटहरीमा नेतृ भण्डारीले विभिन्न बहानाबाजीमा देशलाई संविधान जारी नगरी पटकपटक बन्धक बनाएको हेर्न नसकिने बताउनुभएको छ ।
उहाँले माघ ८ गते संविधान जारी गरेर देशलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्