गंगामाया अधिकारीले आमरण अनसन तोडिन

गंगामाया अधिकारीले आमरण अनसन तोडिन

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अपराधीलाई पक्राउ गरी कानुनी कारबाही माग गर्दै अनसनमा बसेकी उनकी आमा गंगामाया अधिकारीले शनिबारराति अनसन तोडेकी छिन् ।

सरकारले उनलाई राती ९ बजेर २० मिनेटमा अनसन तोडाएको हो  । अनसन तोडाउन कानुनमन्त्री नरहरी आर्चाय वीर अस्पताल पुगेका थिए ।  कानुनमन्त्री नरहरी आचार्यले जीवनजल खुवाएर
अनसन तोडाएका हुन । सरकारसंग ५ बुदे सहमति  भएको छ ।

गंगामायाले हर्लिक्स, ग्लुकोज र पियपदार्थ मात्र खाने बताएकी छिन् ।

आफ्ना माग पुरा नभएसम्म अज्य खानेकुरा नखाने गंगामायाले सरकारसमक्ष बताएको मानवअधिकारकर्मी रसना ढकालले सेतोपाटीलाई  जानकारी दिइन । ढकालले लामो समयदेखि अधिकारी दम्पत्तीको रेखदेख गर्दै आएकी छिन् ।

माओवादी कार्यकर्ताले चितवनमा अपहरण गरी २०६१ सालमा हत्या गरेको भन्दै हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्दै झण्डै ३ सय  दिन देखि उनी अनसनमा थिईन । उनका पति नन्दप्रसाद अधिकारीको ३ साताअघि  अस्पतालमा अनसनकै क्रममा निधन भएको थियो।

मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलका अनुसार गंगामाया झोल पदार्थ मात्र खान तयार भएकी हुन् । प्राण जोगाएर छोराका हत्यारालाई कारबाही गराउने संघर्ष गर्छु, प्याकुरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्