पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा दुई रुपैयाँ ५९ पैसा, डिजेल र मट्टितेलमा दुइ रुपैयाँ ६ पैसा घटाएको छ ।

अव पेट्रोलको मूल्य प्रतिलिटर एक सय ३० रुपैया हुनेछ ।  डिजेल र मट्टितेल अव प्रतिलिटर एक सय ३ रुपैयाँमा किन्न पाइनेछ । निगमले स्वचालित मुल्य अनुसार समायोजन गरेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमको नाफा बढेको छ ।

निगमको अहिले नाफा ४७ करोड ६९ लाख रुपैयाँ  छ । अन्र्तराष्ट्रिय बजारमा मुल्य घटेपछि आइओसीले भारतमा पनि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ घटाएको थियो । तर, नेपालमा भने लागु गरिएको थिएन । सरकारले असोज १३ गतेबाट पेट्रोलियममा स्वचालित मुल्य प्रणाली लागु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्