सरकारले सार्क शिखर सम्मेलनका लागि कम्तिमा दुई र बढीमा चार दिन सरकारी बिदा दिने गरी छलफल अघि बढाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ । निजी क्षेत्रलाई पनि त्यो समय बिदा दिन आग्रह गर्ने तयारी छ । सार्क शिखर सम्मेलन आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुदैछ ।