टेलिकमको सेवा चित्तबुझ्दो छैन

टेलिकमको सेवा चित्तबुझ्दो छैन

जिल्लास्थित नेपाल टेलिकमले चित्तबुझ्दो सेवा दिन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।  टेलिकम कर्मचारीले भने कर्मचारी नहुँदा गुणस्तर सेवा दिन नसकेको स्वीकारेको छ ।

दिक्तेलस्थित टेलिकम प्रमुख भरोषी साहका अनुसार १४ दरबन्दीमध्ये जिल्लामा दुई जना मात्र कर्मचारी हुँदा काममा बाधा पुगेको हो । उनका अनुसार कर्मचारी अभाव हुँदा खोटाङबजार, चिसापानी, सिम्पानी, जालपा, अर्खौले लगायतका गाविसमा टेलिफोन विस्तार हुन नसकेको हो ।

यसबाहेक कार्यालयको अन्य काम पनि भइरहने भएकाले कामको मेसो नसरेको साहले बताए । काम बग्रेल्ती छ । प्रमुख साहले भने,कुन गर्नु-गर्नु । साहले थपे,सम्बन्धित निकायमा माग गर्दा समेत सुनुवाई भएन ।

खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले कर्मचारी अभावमा टेलिकमको काम चित्तबुझ्दो नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्