साझा धारणा बनाउन मुख्य ३ दल बिहानैबाट आन्तरिक तथा दिपक्षीय छलफलमा, दलहरुबीचको बढ्दो द्धन्दले संवाद समितिको बैठक अन्यौलमा,

साझा धारणा बनाउन मुख्य ३ दल बिहानैबाट आन्तरिक तथा दिपक्षीय छलफलमा, दलहरुबीचको बढ्दो द्धन्दले संवाद समितिको बैठक अन्यौलमा,

सवैधानिक संवाद तथा राजनीतिक समितिको बैठक बस्नुअघि दलहरु सहमतीको प्रयासमा जुटेका छन । दिउसो एक बजेको बैठक बस्नुअघि एकीकृत माओबादी नेतृत्वको २२ दलीय मोर्चा र मुख्य ३ दलबीच बिहानैबाट बिभिन्न चरणमा आन्तरिक छलफल र सहमतीको प्रयास भैइरहेको छ ।
सिंहदरवार स्थित एकिकृत माओबादीको संसदीय दलको कार्यलयमा आज बिहान बसेको २२ दलीय मोर्चाको बैठकमा संवाद समितिमा मोर्चाको बटम लाइन के हुने भन्नेबारे छलफल केन्द्रित थियो ।
मोर्चाले सहमतीबाटै सबिधानका बिवादित मुद्धामा सहमती खोज्नुपर्नेै भन्दै काग्रेस, एमाले प्रक्रियाबाट अघि बढ्न खोजे प्रतिबाद सम्म गर्ने रणनीतिमा छ ।
यसैबिच अहीले केहीबेरमा सभामुख सुवास चन्द्र नेम्वाङ्गको समेत उपस्थितिमा मुख्य ३ दलका शिर्ष नेताहरुको बैठक बस्दैछ ।
संवाद समितिका सभापति डाक्टर बाबुराम भट्टराईको अग्रसरतामा बस्न लागेको बैठकमा बिवादित बिषयमा कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने नेताहरुले बताएका छन । बैठकमा प्रत्येक दलबाट ३–३ जनाको उपस्थिति रहनेछ । तर एमाले अध्यक्ष केपी सर्मा ओली भने ३ दिने गृहजिल्ला भ्रमणका लागि बिहानै झापा प्रस्थान गरेकाले बैठकमा उहा सहभागि नहुने एमालेले जनाएको छ ।
काग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवा र एमाले बरिष्ठ नेता पनि केहीदिन यता दिल्लीमा हुनुहुन्छ ।
काग्रेस, एमालेले आफ्नो ९ बुँदे प्रस्ताबलाई संबिधान सभामा लैजान माग गर्दै हस्ताक्षर अभियान समेत सञ्चालन गरेका छन भने २२ दलीय मोर्चा त्यसलाई रोक्ने प्रयासमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्