नौ दिने भारत भ्रमण सकेर पुर्व राजा ज्ञानेन्द्र शाह आज नेपाल फर्कदै

नौ दिने भारत भ्रमण सकेर पुर्व राजा ज्ञानेन्द्र शाह आज नेपाल फर्कदै

नौ दिने भारत भ्रमण सकेर पुर्व राजा ज्ञानेन्द्र शाह आज नेपाल फर्कदैहुनुन्छ । भारत बसाईका क्रममा पुर्वराजाले केहि राजनीतिक व्यक्तित्वसँग समेत भेट गर्नुभएको स्रोतले जनाएको छ ।
रहस्यमय भ्रमणमा पुर्व राजाले भारत दलका नेतासँग भेटेर राजसंस्था आवश्यकताको बिषयमा जानकारी गराउनुभएको बताईएको छ । नौ दिने भ्रमण सकेर आज एयर ईन्डियाको विमानबाट फर्कन लाग्नुभएका पुर्व राजाले आफ्नो भ्रमणलाई गोप्य राख्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनको निम्तो मान्न नेपाल आउन लाग्नुभएको पुर्वसंध्यामा पुर्वराजा भारत भ्रमणमा जानु रहस्यमय मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्