प्रमुख दलहरु बिचको बढ्दो बिबादका कारण संविधानसभा बन्धकको अबस्थामा

प्रमुख दलहरु बिचको बढ्दो बिबादका कारण संविधानसभा बन्धकको अबस्थामा

प्रमुख दलहरु बिचको बढ्दो बिबादका कारण संविधानसभा बन्धकको अबस्थामा पुगेको छ । संविधानका बिबादित विषयमा सहमति पनि जुटाउँन नसक्ने र प्रक्रियामा जान पनि अलमल गर्ने दलहरुका कारण संविधान सभा बन्धनको अबस्थामा पुगेको हो ।
लामो समय देखि सहमतिका लागि पटक पटक छलफल गरेपनि कुनै उपलब्धी हात नपारेका दलहरु प्रक्रियामा जाने विषयमा पनि बिभाजित भए पछि संविधान निर्माणको काम नै जटिल मोडमा पुगेको विश्लेषकहरुको भनाइ छ । सहमतिका नाममा लामो समय खेर फालेका दलहरुले अझै प्रक्रियामा जाने की नजाने भन्ने विषयमा बिबाद गर्दा संविधान निर्माणको काम अन्योलमा परेको हो । भदौ १५ सम्ममा सहमतिको प्रयास गर्ने नभए प्रक्रियामा गएर बिबाद टुङ्ग्याउने सहमति भएपनि अझै प्रक्रियामा कसरी जाने भन्ने विषयमा दलहरु बिच बिबाद कायमै छ । राजनीतिक संवाद तथा सहमति समितिले बिबादित विषयको प्रतिवेदन नबुझाउदा संविधान सभा काम बिहिन भएको छ । संविधान निर्माणमा देखिएको गतिरोध फुकाउँन सभामुख सुवासचन्द्र नेम्वाङ आफैले पहल थाले पनि दलहरुको अडानका कारण त्यो सार्थक हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्