विशिष्ट पाहुनाका लागि भाडा ल्याइएका बुलेटप्रफ गाडीहरु नेपाल भित्रिए

विशिष्ट पाहुनाका लागि भाडा ल्याइएका बुलेटप्रफ गाडीहरु नेपाल भित्रिए

सार्क शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाका लागि भाडा ल्याइएका बुलेटप्रफ गाडीहरु नेपाल भित्रिएका छन् । आइतबार भारतको दिल्लीबाट काठमाडौंका लागि हिडेका ३२ वटा बुलेटप्रुफ गाडी आज बिहान भैरहवा भन्सार कटेर भित्रीएको हो ।
रूपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकालका अनुसार मसिर्डीज कम्पनीका गाडी धेरै जसो सेतो रंगका छन । गाडीलाई अस्थायी नम्बर प्लेट दिएर राजधानी पठाइएको ढकालले जानकारी दिनुभयो । भारतीय विदेश मन्त्रालयको समन्वयमा निजी क्षेत्रबाट ल्याइएको ३२ बटा गाडीको ११ दिनको प्रयोगबापत १ करोड ३५ लाख भारु ‘भाडाखर्च’ लाग्ने छ । मर्सिडिज बेन्ज तथा बीएमडब्लु गाडीहरु सात दिनसम्म अतिथी प्रयोजनमा प्रयोग गरेपछि पुनः दिल्ली फर्काइनेछ । सार्क राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखले प्रयोग गर्ने ६ वटा बुलेट प्रुफ गाडी भने हवाई मार्ग हुदै गत साता नै काठमाडौं आईपुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्