“तेस्रो वर्ड क्याम्प नेपाल” हुने

“तेस्रो वर्ड क्याम्प नेपाल” हुने

download (1)यहि आगामी शनिबार अर्थात् नोवेम्बर २२ का दिन राजधानी काठमाडौँ मा संसारको सब भन्दा ठुलो वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर “वर्ड प्रेस “ (WordPress) सम्वन्धि एक दिने तालिम कार्यक्रम “तेस्रो वर्ड क्याम्प नेपाल” हुने भएको छ | यो समेत गरि अहिलेसम्म ३ बर्ष लगातार अायोजना गरिेएको छ।
झण्डै ५ मा १ वटा विश्वका वेबसाईटहरु वर्डप्रेसले चल्छन्।

ललितपुर पाटनको यलमाया केन्द्रमामा हुने १० भन्दा तालिम कार्यक्रममा देश भरिका वर्ड प्रेसका राष्ट्रिय र अन्तराष्ट्रिय ख्याती पनि प्राप्त गरिसकेका १०० भन्दा बढि नेपाली विशेषज्ञहरु सामेल हुनेछन्। आयोजक समिति वर्ड प्रेस नेपाल ले जनाएको अनुसार नेपालमा अहिले प्राय वेबसाईटहरु बहुसंख्य रुपमा बनाउदाँ वर्डप्रेस प्रयोग गरिन्छ। काठमाडौँमा रहेका प्रबिधि सम्वन्धि काम गर्ने धेरै सस्थाहरुको सहयोग मै कार्यक्रम हुन लागेको आयोजक समितिले जनाएको छ।

यो कार्यक्रम सूचना प्रबिधिमा वबेसाईट बनाई व्यवसाय वा स्वरोजगार गर्न खोज्ने नेपालीहरुको लागि धेरै उपयोगी हुने अायोजकले दाबी गरेका छन्। सूचना प्रबिधिमा काम गरिरहेका सस्थाका प्रतिनिधि तथा सूचना प्रबिधिका व्यवसायी सग भेटघाट हुने अवसर हुने भएकाले पनि आगामी दिन मा प्रबिधि सम्बन्धि काम गर्नु पर्ने आवश्यक सहयोग हुने आयोजक समितिले जनाएको छ |

बिगत ४ बर्ष देखि लगातार बढ्दै गएको यस अोपेन सोर्स सफ्टवेएरको सन्जाल अहिले ३५०० भन्दा बढि सदष्यहरुले भरिएको छ र यसले नेपाललाई विश्वको सुचना प्रविधिको सफ्टवेएर क्षेत्रमा चिनाउन शसक्त भुमिका खेलिरहेको छ।

अाँउदो दिनहरुमा यस “वोर्डप्रेस अोपेन सोर्स” प्रविधिले गर्दा नेपालकै सामाजिक, अार्थिक क्षेत्रमा पनि धेरै टेवा मिल्ने पनि दाबी गरेका छन्। वर्ड प्रेस नेपालले वर्ड क्याम्प सहित अन्य धेरै वर्ड प्रेस सम्बन्धि कार्यक्रम पनि गर्दै आएको छ | वर्ड प्रेस सिकेर आफ्नो भबिष्य उज्वल बनाउन चाहने हरुलाई समय समय मा वर्ड प्रेस सम्बन्धि तालिम र “वर्ड प्रेस मिट “ पनि गर्दै आएको छ | विभिन्न सामाजिक संजाल जस्तै फेसबुक मार्फत पनि देश भर छरिएर रहेका वर्ड प्रेस सिक्न चाहने हरुलाई सहयोग पनि गर्दै आएको छ |वर्ड प्रेस नेपालले देशका विभिन्न सहर हरुमा पनि वर्ड प्रेस नेपालको संजाल बनाउदै आएको छ भने कतिपय स्थान मा विद्यार्थी हरु आफ्नै पहल मा वर्ड प्रेस सम्बन्धि कार्यक्रम गर्दै आएको पाईएको छ | वर्ड प्रेस बाट वेबसाइट बनाउन सजिलो, छिटो, रामो साथै धेरै नै कम झन्झटिलो हुने भएकाले पनि यो प्रबिधि विश्वकै वेबसाइट बनाउन प्रयोग हुने प्रबिधि मद्धे अग्र स्थानमा आएको छ | प्रबिधि सम्बन्धि धेरै जानकारी वा ज्ञान नभएकाले पनि सजिलै चलाउन सक्ने प्रबिधि भएकाले पनि यसको आकर्षण बढेको छ |कार्यक्रमको बारेमा पूर्ण जानकारीको लागि http://2014.nepal.wordcamp.org/ हेर्न सक्नु हुने छ |



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्