पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलको दुई रुपैयाँका दरले घटाउने निर्णय

<span class='c1'>पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजल</span> <span class='c2'>तथा मट्टितेलको दुई रुपैयाँका दरले घटाउने निर्णय</span>

पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलको दुई रुपैयाँका दरले घटाउने निर्णय

नेपाल आयल निगमले आज (सोमबार) रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आयल निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलको दुई रुपैयाँका दरले घटाउने निर्णय गरेको हो। अब ग्राहकले पेट्रोल प्रतिलिटर १ सय २५ रुपैयाँ ५० पैसा र मट्टितेल तथा डिजेल ९९.५० पैसा तिर्नुपर्ने निगमले जनाएको छ। अहिले पेट्रोलको १ सय २८ रुपैयाँ तथा डिजेल र मट्टितेलको एक सय १ रुपैयाँ ५० पैसा मूल्य छ।

अघिल्लोपटक पनि निगमले पेट्रोलको भाउ दुई रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलको एक रुपैयाँ ६७ पैसा घटाएको थियो।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नोभेम्बर १६ मै नयाँ मूल्य पठाए पनि निगमले आठ दिन ढिला गरी नयाँ मूल्य तोकेको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्