कति बजे आउँदैछन् सार्कका भीभीआईपी

कति बजे आउँदैछन् सार्कका भीभीआईपी

औं सार्क शिखर सम्मेलनमा सहभागी हुन ७ देशका भीभीआइपी मध्ये ३ देशका विशेष र अन्य नियमित उडानबाट काठमाडौं उत्रने भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सबै भीभीआइपी आज नै काठमाडौं आइपुग्दैछन् । श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजपाक्षे बिहान साढे ९ बजे, भारतीय प्रधानमन्त्री दिउँसो साढे १२ बजेदेखि १ बजेसम्म, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ अपरान्ह ३ बजेर ३५ मिनेटमा विेशष विमानबाट आउनेछन् ।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरर्फ घानी नियमित उडानबाट पौने ११ बजे, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे पौने १२ बजे र माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यमिन १२ बजेर ५ मिनेटमा र वंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदसवा ४ बजे काठमाडौं आउने कार्यक्रम छ । उनीहरु सबै सोल्टी होटलमा बस्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्