‘बि एन म्याराथन २०७१’ को आयोजना हुने

‘बि एन म्याराथन २०७१’ को आयोजना हुने

” प्रत्येक नेपालीको योगदान ,सम्वृद्धिका लागि संविधान ” भन्ने नाराका साथ बिबेकशील नेपालीले ‘बि एन म्याराथन २०७१’ को आयोजना गर्ने भएको छ । सबै राजनैतिक दलले आफ्नो घोषणा पत्रमा  १ वर्षभित्र संविधान दिन्छौँ भनेर वाचा गरेका, र त्यही वाचा अनुरूप माघ ८, २०७१ मै संविधान आउनुपर्छ भनेर दबावको लागि यो कार्यक्रमको आयोजना गर्न लागेको आयोजकले बताएको छ।

म्याराथन खुल्लामंच बाट सुरु भई  भद्रकाली – माइतीघर – नयाँ बानेस्वर – माइतीघर – भद्रकाली  हुदै खुल्लामंच मै आएर समाप्त हुने छ ।  आगामी मंसिर २७ गते शनिवारका दिन हुने उक्त म्याराथनका लागी वरिष्ठ धावक बैकुण्ठ मानन्धर म्याराथनको लागि विशेष दूत रहने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्