संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति कायम गरेर मात्र संविधान जारी गरिनुपर्ने

संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति कायम गरेर मात्र संविधान जारी गरिनुपर्ने

संविधानसभामा रहेका एकीकृत माओवादी सहितका २० दलले संघीयता, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति कायम गरेर मात्र संविधान जारी गरिनुपर्ने बताएका छन् । एकीकृत माओवादी सहितका २० दलको आज सिंहदरबारमा बसेको बैठकले यी चार विषयमा सहमति नभएसम्म प्रक्रियामा नजाने निर्णय गरेको हो ।
बैठकमा २० दलको कार्यदलले १२ बुँदे समझदारीपछि शान्ति प्रक्रिया र संविधान निर्माणको काम सुरु भएको भन्दै त्यसयताका सहयात्री दलबीच सहमति कायम गरेर मात्र संविधान जारी गरिनुपर्ने आशयसहितको अवधारणा प्रस्तुत गरेको छ ।
अवधारणामा नेपाली कांग्रेस र नेकपा एमालेले संविधानका मूलभूत विषयमा सहमति गर्न लचकता प्रदर्शन नगरे आन्दोलनमा जान सुझाव दिइएको छ ।
बैठकले पाँच सदस्यीय कार्यदलले बुझाएको अवधारणालाई आ–आफ्नो दलमा छलफल गरेर अर्को बैठकबाट अन्तिम रुप दिने र मोर्चा गठन गर्ने निर्णय गरेको छ ।
२० दलको अघिल्लो बैठकले मोर्चा गठनको आवश्यकता सम्बन्धमा अवधारणा बनाउन पाँच सदस्यीय कार्यदल गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्