राज्यको तलब सुबिधा लिने चिकित्सकले नागरिकको स्वास्थ्य अधिकारमाथी खेलवाड गरेको आरोप

राज्यको तलब सुबिधा लिने चिकित्सकले नागरिकको स्वास्थ्य अधिकारमाथी खेलवाड गरेको आरोप

स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले राज्यको तलब सुबिधा लिने चिकित्सकले नागरिकको स्वास्थ्य अधिकारमाथी खेलवाड गरेको आरोप लगाउनुभएको छ । नेपाल युवा सस्था संजाल (आयोन) ले आज राजधानीमा गरेको कार्यक्रममा मन्त्री अधिकारीले शहर केन्द्रित चिकित्सकले राज्य कोषबाट तलब खाने तर खटाएको ठाउँमा सेवा दिन अटेरी गरेकोले नागरिक स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको दाबी गर्नुभयो । उहाँले आफूले सरकारी चिकित्सकलाई दुर्गम ठाउँमा गएर सेवा दिन निर्देशन दिँदा नेपाल चिकित्सक संघले गरेको विरोधप्रती आपत्ति जनाउनुभयो । धुम्रपान नियन्त्रण गर्न सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्नेमा जोड दिँदै उहाँले अर्थ र कानुन मन्त्रालयले सुर्तिजन्य पदार्थलाई सुनको अण्डा पार्ने कुखुराको रुपमा बुझेर आफूले अघि सारेको विधेयक अलपत्र पारेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्