डुब्यो एमाओबादी !!

डुब्यो एमाओबादी !!

बाबुरामले चुनाव लड्दा लागेको ४० लाख तिर्न अझै बाँकी

एमाओवादी एक अर्ब ऋणमा,मासिक आम्दानी १० लाख मात्रै

युद्दकालदेखि नै ऋणमा रहेको एमाओवादीका कमिटिहरु दुईपटकका संविधानसभा निर्वाचनले चुर्लुम्म डुबेका छन् । शान्तिप्रक्रियामा र संविधानसभा चुनावसम्म गरी करिब एक अर्ब ऋणमा छ एमाओवादी ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार दुईपटक भएको संविधानसभा चुनावका लागि र कतिपय ठाउँमा निजी प्रयोजनका लागि लिएको ऋण तिर्न नसक्दा धेरै नेता नतावमा छन् । कतिपय नेताले ऋण तिर्न नसकेर जिल्ला आउजाउ गर्नै घटाएका छन् । पाँचथरका पूर्व जिल्ला इन्चार्ज तथा सभासद् श्रीप्रसाद जबेगुले चुनाव प्रचारमा गाउँ जाँदा ‘ऋण कहिले तिर्ने’ भनेर साहुहरुले उल्टै हप्काएको र अदालत जाने चेतावनी सुनाएको बताए ।

पछिल्लो पटक संविधानसभा चुनावमा कार्यकर्तालाई खुवाएको खाना,माइक र मञ्च व्यवस्थापनसम्मको रकम एमाओवादीले अझै तिर्न सकेको छैन । केन्द्रले जिल्लामा लिइएको ऋण स्थानीयस्तरबाटै व्यवस्थापन गर्न निर्देशन दिएको छ । तर,जिल्लाले सकेको छैन । जिल्ला नेतृत्व चाँडोचाँडो फेरिने र पार्टी अन्तरसंघर्षको समस्याले ऋण व्यवस्थापन जटिल बनेको नेताहरु बताउँछन् । एमाओवादीको अहिले मासिक आम्दानी केबल १० लाख मात्रै छ । यो आम्दानी पनि सभासद्हरुबाट हुने गरेको हो ।
यसैबीच,दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही ४ मा भएको खर्चमध्ये झन्डै ४० लाख रुपैयाँ अझै तिर्न बाँकी छ । यो क्षेत्रबाट बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनाव लडेका थिए ।
भट्टराईको क्षेत्रमा डिलाराम आचार्य,रामप्रसाद बन्जाडे,यज्ञ आचार्य,भक्ति पाण्डेलगायतका नेता व्यवस्थापनमा खटिएका थिए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्