सर्खेतमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८

<span class='c1'>सर्खेतमा भएको बस दुर्घटनामा</span> <span class='c2'>मृत्यु हुनेको संख्या १८</span>

सर्खेतको कालेखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । ४९ जना घाइते भएका छन् । बसमा ६७ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक कर्णबहादुर चन्दले जानकारी दिनुभयो । दुर्घटनामा परी मृत्यु भएकामध्ये बसका चालक छिन्चु सुर्खेतका २४ वर्षीय मिनबहादुर बुढा, सोही ठाउँका सहचालक भवि खत्री, बाजुरा गोत्रिका ५० वर्षीय मनराज विष्ट, लालवीरे दर्जी, दुर्ग विष्ट, दिल सार्की, राम दर्जी, लाल दर्जी, सोही ठाउँका ४० वर्षीय पंखे सार्की र पूर्णे सार्कीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
घाइते ४९ जनामध्ये ४० जनाको सुर्खेतमा, ८ जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा तथा एक जनाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । कालिकोटबाट कैलालीको टिकापुरका लागि छुटेको ना ४ ख ६८५७ नम्बरको बस सुर्खेतको पोखरीकाँडा ९ कालेखोलामा हिजो साँझ दुर्घटना भएको थियो । क्षमताभन्दा दोब्बर यात्रु बोकेको बस मोडमा चिप्लिएर भीरबाट खसेको प्रहरीको भनाइ छ ।
आज विहान ५ बजेसम्म उद्धार चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्